काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालोे लागेर बन्द भएको छ ।आज नेप्स १५ दशमलव ७३ अंकले ओरालोे लागेको छ। आज कारोबारमा आएका सबैे समुहले गुमाएका छन् । आज कारोबारमा आएका १५८ कमपनीको ९ लाख ३० हजार ४सय ४७ कित्ता सेयरबाट ४४ करोड १० लाख ५ हजार रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ६९ दशमलव ३३ अंकले ओरालो लागेको छ। आज होटल समुह ५२ दशमलव १७ अंकले, विकास बैँक समुह २६ दशमलव ५८ अंकले, उतपादनमुलक समुह २४ दशमलव ६९ अंकले, जलविधुत समुह २४ दशमलव १५ अंकले, बैँक समुह १४ दशमलव ८१ अंकले, लघुवित्त समुह १३ दशमलव ७८ अंकले,फाइनान्स समुह ४ दशमलव ८९ अंकले, अन्य समुह ३ दशमलव ७६ अंकले, टे«डिड. समुह १ दशमलव ६ अंकले ओरालो लागेको छ।
Comment