सयको नोटको स्वरुप परिवर्तन गर्ने तयारीमा सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सयको नोटको स्वरुप परिवर्तन गर्ने तयारीमा सरकार



काठमाडौं ।  हाल प्रयोगमा रहेको सयको नोटको स्वरुप परिवर्तन गर्ने तयारीमा सरकार लागेको छ । तर, चिन्ता लिनु पर्दैन नयाँ नोट प्रचलनमा आए पनि पुराना नोटसमेत उत्तिकै मूल्यमा चलाउन पाइनेछ ।

हाल सयको नोटमा रहेको एउटा मात्र गैँडाको सट्टा नयाँ नोटमा गैँडाकै माउ–बच्चासहितको तस्बिर राखिनेछ । पृष्ठभागमा रहेको एकसिंगे गैंडाको स्थानमा चितवन राष्ट्रिय निकुञ्जमा खिचिएको एकसिंगे गैंडाकै माउबच्चाको तस्बिर रहनेछ । यसैगरी, नोटको मध्यभागमा लेखिएको प्रतिज्ञामूलक वाक्यांश पाइनेछ लाई छुट्याएर पाइने छ लेखिनेछ ।
नोटको मध्यभागको तल्लो किनारामा रहेको नोट छपाइको वर्ष विक्रम संवतलाई अलिक माथिको किनारामा ल्याइनेछ । नोटको मध्य भागमै रहेको तल्लो बोर्डरको नोट छपाई इस्वी सम्वत वर्षलाई पनि बोर्डरमा राखिनेछ । नोटको सुरक्षाका लागि हाल प्रयोग गरिएको २ दशमलव ५ मिलिमिटर विण्डो थ्रेडको सट्टा रङ परिवर्तन हुने र मेशिनले पढ्न सक्ने विण्डो सेक्युरिटी थ्रेडको प्रयोग गरिनेछ । नयाँ नोटको छपाइसम्बन्धी सम्झौता हुने समयमा बंैकका बहालवाला गभर्नरको दस्तखत तथा सोही बेलाको साल सिरियल नम्बरका रुपमा नोटमा उल्लेख हुनेछ ।

प्रकाशित : ३ जेष्ठ २०७२, आईतवार १२:४७