२५ दशमलव १४ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२५ दशमलव १४ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स २५ दशमलव १४ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले कमाएका छन्। आज कारोबारमा आएका १६५ कम्पनीको १८ लाख ४७ हजार ७ सय ५५ कित्ता सेयरबाट ७५ करोड ११ लाख ६७ हजार १ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १ सय १२ दशमलव ७३ अंकले उकालो लागेको छ। आज लघुवित्त समुह ५८ दशमलव ८५ अंकले, उतपादनमुलक समुह ५६ दशमलव ७३ अंकले, जलविधुत समुह ५५ दशमलव ३७ अंकले, विकास बैँक समुह २७ दशमलव ९५ अंकले, बैक समुह २१ दशमलव ६१ अंकले,होटल समुह १० दशमलव ७५ अंकले,अन्य समुह ६ दशमलव ९४ अंकले, फाइनान्स समुह ३ दशमलव ३४ अंकले र टे«डिड. समुह ० दशमलव ८५ अंकले उकालो लागेको छ ।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार १५:२३