काठमाडौं ।प्राइम कमर्सियल बैंकले बोनस सेयर दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई २७% बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले कर तिर्न नगद लाभांश भने नदिने भएको छ । लगानीकर्ताले उक्त लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।
२७ कार्तिक २०७४, सोमबार १२:२६
Comment