काठमाडौं। कैलाश विकास बैंक लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पारित गराउन मंसिर १५ गते साधारण सभा बोलाएको छ। बैंकले यसअघि १० प्रतिशत बोनस र ९.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले नगद लाभांश केही घटाएर ९.४५ प्रतिशत मात्र वितरण गर्न स्वीकृती दिएपछि बैंकले परिमार्जन गरेको हो । बोनस भने परिमार्जन गरिएको छैन । बैंकले युनाइटेड वर्ल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा मंसिर १५ गते विहान १० बजे साधारण सभा बोलाएको छ । २४ औं बार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १ गतेदेखि मंसिर १५ गतेसम्म दर्ता किताब बन्द हुने जानकारी दिएको छ ।
Comment