महालक्ष्मी विकास बैंकको यस्तो छ अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंकको यस्तो छ अवस्था



काठमाडौं। महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा गत वर्षको यहि अवधिको भन्दा १४ प्रतिशतले नाफा घटेको छ। बैंकले पहिलो तीन महिनामा पाँच करोड ६३ लाख रुपैयाँ नाफा गरको छ भने गत वर्षमा ६ करोड ‍६२ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी १७ करोड २७ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी गत वर्षमा ११ करोड ७६ लाख रुपैयाँ थियो। बैंकले पहिलो तीन महिनामा २५ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ ऋण लगानी छ। गत वर्षको यहि अवधिमा बैंकले १० करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकले एक आर्थिक वर्षमा निक्षेप १३२ प्रतिशतले बढाए पनि उच्च ब्याज दरको प्रभावले बैंकको नाफामा सुधार नआएको हो। बैंकको चुक्ता पूँजी दुर्इ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको पूँजी कोष अनुपात एक आर्थिक वर्षमा १३.२९ प्रतिशतबाट बढेर १५.४६ प्रतिशत पुगेको छ। त्यस्तै खराब कर्जा भने ४.२९ प्रतिशतबाट घटेर ३.५५ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको छ।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार ११:०५