सगुनलाई गैरआवासीय नेपालीको साथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सगुनलाई गैरआवासीय नेपालीको साथ



नेपालीले स्थापना गरेको सामाजिक इकमर्स साइट सगनुले संसारभरबाट लगानी जुटाउने गरी मिनी आइपिओ निस्कासन गरेका बेला नेतृत्वमा रहेका गैरआवासीय नेपालीहरुले यसलाई लगानीको राम्रो अबसरका रुपमा लिएको बताएका छन् । उनीहरुले आफूले लगानी गर्दै यसलाई अबसरका रुपमा लिन विदेशमा रहेका नेपालीलाई आग्रह समेत गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेले अहिलेको युग आइटिले लिड गर्ने भएकाले सगुनले ल्याउने प्रोडक्टले विश्वलाई प्रभाव पार्ने बताउनु भयो । नेपालीले स्थापना गरेको कम्पनीले अमेरिकामा मिनी आइपिओ निस्कासनको अनुमति पाउनु आफैंमा गौरवको विषय भएको उहाँको भनाइ थियो ।

सगुनमा क्रेडिट÷डेविट कार्डमार्फत जुनसकै देशबाट लगानी गर्न सकिन्छ । शेयरमा क्रेडिट÷डेविट कार्डबाटै लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो । नेपालबाट भने विदेशमा लगानी गर्ने कानुन बनिसकेको छैन । तर बिश्वभर छरिएर रहेका नेपालीहरुले भने त्यस देशको बैकमा खाता भएको खण्डमा लगानी गर्न सक्नेछन् ।

सगुनमा लगानीको अबसरले एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचन पनि उत्साहित देखिनु भएको छ । उहाँले एनआरएनभित्र प्रविधि सिक्नेहरु धेरै भएकाले उनीहरुका लागि सगुनको प्रोजेक्ट निकै उपयोगी हुने बताउनु भयो । उहाँले सगुनको प्लेटफर्म सबैका लागि उपयोगी हुने बताउँदै आइटिको क्षेत्रमा यसले फड्को मार्न सक्ने उल्लेख गर्नु भयो ।

सगुन सेयर खरिद गर्न नोबेम्बर ३० सम्मको समय रहेको बताइएको छ । एनआरएनएका सगुनका उपाध्यक्ष कुल आचार्यले सगुनको पोजेटिभ मुभमेन्ट गइरहेको बताउँदै आफूले समेत सगुनमा लगानी गरेको बताउनु भयो । उहाँले बेलायतमा समेत धेरैले लगानी गरेको जानकारी दिँदै सगुनमाथि धेरैको भरोसा रहेको बताउनु भयो । उहाँले भन्नुभयो सगुनका संस्थापकहरुले ठूलो सपना बोकेर हिँड्नु भएको छ । यसले एक दिन नेपालीलाई गौरव गर्ने अर्को अबसर दिनेछ भन्ने मेरो अपेक्षा छ ।

टेक्नोलोजीको युगमा उहाहरुले गरिरहेको कामलाई सबै एनआएनले सहयोग गरेर सफल बनाउने हो भने भोली दिनमा उदाहरण बन्न सक्ने लामो समय देखि अष्ट्रेलियामा बस्तै आउनु भएको इन्द्र वानले बताउनुभयो ।

सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म होयसले सोसियल साइट चलाउँदा युजरले पैसा कमाउन सक्ने फरक खालको अबधारणा ल्याएको छ ।गैर आवासीय नेपाली संघकी उपाध्यक्ष सपिला राजभण्डारी नेपालीमा धेरै डेडिकेसन रहेको बताउँदै यसले नेपालीलाई विश्वमा चिनाउने बताउनु हुन्छ । सगुनको सेयरले धेरैलाई सकारात्मक प्रभाव पार्न सक्छ,उहाँले भन्नु भयो ।

एनआरएनएका अर्का उपाध्यक्ष कुमार पन्तले इतिहासमा देखिने गरी सगुनले अन्तराष्ट्रिय रुपमा लगानीको प्रोग्राम ल्याएको बताउनु भयो । सगुनको भविष्य उज्यल देखेको छुउहाँले भन्नुभयो ।

सगुनको अभियान एक्काइसौं सताब्दीका लागि ठूलो अभियान भएको एनआरएनएका महासचिव बद्री केसीले बताउनु भयो । उहाँले नयाँ विजनेसमा हात हालेको सगुनलाई गैरआवासीय नेपालीहरुको साथ रहने बताउनु भयो । नयाँ नयाँ कुरा आए भने मात्र नेपालको बिकास हुन्छ । साथै उहाहरुले सगुनको लागि ल्याएको सामूहिक लगानीमा एउटा उदारणिय काम भएको एनआएएनमा कोषाध्यक्ष हिकमत थापाले बताउनुभयो ।

 सगुनमा लगानी गर्न चाहनेहरुले सगुनको पेज https://www.sagoon.com/invest मा गएर लगानी गर्न सकिन्छ ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार २०:५५