काठमाडौं। हिमालयन बैंक लिमिटेडले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । कात्तिक १४ गते बसेको संचालक समितिकाे बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ ।बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र बैंकको साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।
१५ कार्तिक २०७४, बुधबार १२:०९
Comment