वोमीको साधारण सभा कात्तिक ३० मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वोमीको साधारण सभा कात्तिक ३० मा



काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। वोमीले कात्तिक ३० गते  छैठौं साधारण सभा गर्न लागेकाेले  कात्तिक १६ गतेदेखि ३० गतेसम्म दर्ता किताब बन्द हुने लागेको हाे । वोमीले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने भएको छ ।  वोमीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस गर्नेछ ।  ।वोमीको साधारण सभा सनसाइन हाईवे इन, धार्के धादिङमा कात्तिक ३० गते विहान ११ बजेदेखि सुरु हुनेछ । हाल वोमीको चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि बोमीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : 18 October, 2017 12:59 pm