नेपाल ग्रामीण विकास बैंकको एफपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल ग्रामीण विकास बैंकको एफपीओ बाँडफाँड



काठमाडौं। नेपाल ग्रामीण विकास बैंकको फर्दर पब्लिक अफरिङ अर्थात एफपीओ बाँडफाँड भएको छ ।

असोज ३१ गते मंगलबार विहान साढे ८ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट एफपीओ बाँडफाँड भएको हो । कम्पनीको शेयरमा आवेदन दिएका दुई लाख ५० हजार ५२५ वैद्य आवेदकमध्ये ९७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता शेयर प्राप्त गरेका छन् । बाँकी भने रित्तो हाल फर्किएका छन् ।

कम्पनीले भदौ २७ गतेदेखि ३० गतेसम्म सय रुपैयाँ अंकित मूल्यमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गरेको थियो । जसमा दुई लाख ५० हजार बढी आवेदकले दुई करोड ७५ लाख कित्ता बढीको आवेदन दिएका थिए् ।

हाल कम्पनीको पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । एफपीओबाट ९ करोड ७५ लाख रुपैयाँ पूँजी थप भएपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पु¥याउँदै आएको जनाएको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई वनेको राष्ट्रिय स्तरको लघु वित्त विकास बैंकको रुपमा यस कम्पनीले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको हो । हाल यस कम्पनीको चुक्ता पूँजी ५५ करोड ७५ लाख रहेको छ ।

प्रकाशित : 17 October, 2017 11:38 am