मिसन डेभलपमेन्टले २० प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिसन डेभलपमेन्टले २० प्रतिशत बोनस शेयर दिने



काठमाडौं। मिसन डेभलपमेन्ट बैंक लिमिटेडले २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले चुक्तापूँजीको २० प्रतिशतले हुन आउने ८ करोड ६५ लाख ४६ हजार ७ सय रुपैयाँको बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६३१५७८१ प्रतिशतले हुन आउने ४५ लाख ५५ हजार ०८९.४६ रुपैयाँको नगद लाभांश दिने भएको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा लाभांश दिने निर्णय गरेको हो । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि र नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि मात्रै लगानीकर्तालाई वितरण हुनेछ ।

प्रकाशित : ३० आश्विन २०७४, सोमबार ११:५८