काठमाडौं ।विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक बर्ष कमाएको नाफाबाट १० प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको विहीबार बसेको सञ्चालक समितिको ७५ औं बैठकले सो लाभांश प्रस्ताव गरेकाे हाे । साे लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र सेयरधनीले पाउनेछन् ।
Comment