सानिमाले बोलायो असोज २९ गते साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमाले बोलायो असोज २९ गते साधारण सभा



काठमाडौं । सानिमा बैंकले असोज २९ गते वार्षिक साधारण गर्ने भएको छ । बैंकले साधारण सभामा १६% बोनस सेयर दिने प्रस्ताव गर्दैछ । बैंकले कर तिर्न नगद लाभांश नदिएकाले सेयरधनीलाई भने बोनसमा लाग्ने कर आफैले तिर्नुपर्ने झन्झट थपिएको छ । साधारण सभा गर्न सानिमाले शुक्रबार नै बुक क्लोज गरिसकेको छ । यसआधारमा, बुधबार (असोज ५ गते) सम्म कायम सेयरधनीले मात्र बैंकको बोनस पाउनेछन् । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३० करोड १ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ छ । १६% बोनसपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । सानिमाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३२ पैसा छ ।

प्रकाशित : ८ आश्विन २०७४, आईतवार १३:०९