
अनामनगर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष इच्छा राज तामाङ्गले गरेका हुन् । यस शाखामा पनि बैंकका अन्य शाखाहरुमा जस्तै अत्याधूनिक सेवाहरु प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।
साथै बैंकले नेपाल राष्ट्र बैंकबाट उपत्यकाको बुढानिलकण्ठ र भक्तपुरका साथै, ईलामको पशुपतिनगर, लमजुङ्गको बेशीशहर, कपिलवस्तुको तौलिहवा र दाङ्गको तुलसीपुरमा शाखा विस्तार गर्ने अनुमति प्राप्त गरीसकेको छ ।
Comment