सिद्धार्थ इक्वीटी फन्डको असोज २५ देखि बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इक्वीटी फन्डको असोज २५ देखि बिक्री खुला



काठमाडौं । सिद्धार्थ म्युचल फन्डले १० करोड २० लाख एकाई सिद्धार्थ इक्वीटी फन्ड बिक्री खुला गर्न लागको छ । प्रति एकाई १० रुपैयाँ दरको फन्ड आउदो असोज २५ गतेदेखि बिक्री खुला हुदैछ । कोषको प्रवद्र्धकमा सिद्धार्थ बैंक र योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

निष्कासन बन्द छिटोमा असोज २९ र ढिलोमा कात्तिक ८ गते हुने छ ।कुल १२ करोड एकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख एकाई सिद्धार्थ बैंकले राख्ने छ ।
दरखास्त दिन पाउने संख्या न्युनतम १ सय र बढीमा २४ लाख एकाई रहेको सिद्धार्थ क्यापिटलले जनाएको छ । योजनाको अवधि बाँडफाँड गरेको १० वर्षमा हुने छ ।

प्रकाशित : २९ भाद्र २०७४, बिहीबार १०:२४