युनिलिभर नेपालको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनिलिभर नेपालको नाफा घट्यो



काठमाडौं। युनिलिभर नेपालको नाफा १५ करोड ६५ लाख रुपैयाँले घटेको छ। कम्पनीले लेखा परीक्षण भइसकेको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ९६ करोड ५२ लाख रुपैयाँ पुगेको जनाएको छ।
युनिलिभरले बर्षभरीमा चार अर्ब ४४ करोड रुपैयाँ खुद उत्पादन बिक्री गरेको छ। अन्य आम्दानीसमेत गरेर कम्पनीको सञ्चालन आम्दानी पाँच अर्ब पुगेको छ। कम्पनीले दुई अर्ब २० करोड रुपैयाँको त सामान उत्पादनमा लाग्ने सामग्रीका लागि खर्च गरेको छ।
अन्य वित्तीय खर्चका कारण कम्पनीको नाफा घटेको हो। कम्पनीको सेयर पूँजी नौं करोड २१ लाख रुपैयाँ छ। रिजर्भसमेत गर्दा कम्पनीको कुल इक्विटी दुई अर्ब बढि छ।
कम्पनीको प्रति सेयर आम्दानी ३३१ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ २१ सय ५३ रुपैयाँ छ।

प्रकाशित : 29 August, 2017 11:38 am