स्टक क्लिअरेन्स मेला २०७४ हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्टक क्लिअरेन्स मेला २०७४ हुने



काठमाडौं। दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला २०७४ हुने भएको छ । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो । भाद्र २१ गतेबाट २६ गतेसम्म गर्न लागिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आबस्यक सामाग्रीहरुको कारोबार गरिने आयोजकले जनाएको छ ।

कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार हुनेछ । १ सय भन्दा बढी स्टल रहने यस मेलामा दशैंकालागि आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकैठाउँबाट विशेष छुटमा पाइने आयोजकले जनाएको छ ।

६ दिन सम्म चल्ने यो मेलाका लागि ८० प्रतिशत भन्दा बढी स्टल बुक भइसकेको बताउँदै इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले केहि दिन भित्र सबै स्टल बुक भइसक्ने बताए । उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा सामाना किन्न सर्बसाधारण आउने अनुमान गरिएको संयोजक जोशीले बताए । ५० हजार बढी उपभोक्ता मेला स्थलमा आउने अनुमान आयोजकले गरेको छ ।

प्रकाशित : ६ भाद्र २०७४, मंगलवार १४:४६