काठमाडौं ।सिद्धार्थ बैंकले नविकेको हकप्रद भदौ ६ गतेदेखि १४ गतेसम्म बिक्री खुल्ला गरेको छ।
बैंकले गत जेठ २५ देखि असार २८ सम्म चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गरेको थियो। बैंकले जारी गरेको एक करोड ५७ लाख ५२ हजार ५७८ कित्ता मध्ये संस्थापक समूहतर्फ १३ हजार ५५० कित्ता र सर्वसाधारण समूह तर्फको २ लाख ४० हजार ३७१ कित्ता शेयर विकेको थिएन। लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँबाट बोलकबोल गर्न पाउने विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। बैंकको हकप्रद लिलाम आवेदनको लागि न्यूनतम एक सय कित्ता र अधिकतमको लागि हद तोकिएको छैन।
बैंकको लिलाम आवेदन भदौ १५ गते विहान ७ बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा खोलिने सिद्धार्थ क्यापिटलले जनाएको छ।

बैंकको लिलाम आवेदन भदौ १५ गते विहान ७ बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा खोलिने सिद्धार्थ क्यापिटलले जनाएको छ।
Comment