काठमाडौं,२६ साउन । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई जना नयाँ सञ्चालक नियुक्त गरेको छ ।
कम्पनीको २५३ औं सञ्चालक समितिको बैठकले गोविन्दलाल संघाई र विमल प्रसाद ढकाललाई संचालकमा नियुक्त गरेको हो ।
संघाईलाई प्रमोटर शेयरधनी समूहको तर्फबाट र ढकाललाई सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा नियुक्ति गरेको जानकारी नेप्सेले दिएको छ ।
Comment