एसबिआई बैंकले भदौ १२ गते बोलायो विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एसबिआई बैंकले भदौ १२ गते बोलायो विशेष साधारणसभा



काठमाडाै १९ साउन ।नेपाल एसबिआई बैंकले भदौ १२ गते विशष साधारणसभा बोलाएको छ । कम्पनीले आर्मी अफिर्सस क्लब भद्रकालीमा विहान ११ बजे साधारणसभा बोलाएको हो ।

एसबिआईले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन र राष्ट्र बैंकको निर्देशन बमोजिम सञ्चालक समिति चयन गर्न साधारणसभा बोलाएको हो । यसअघि बैंक सञ्चालक समितिमा आठ जना सदस्य रहँदै आएकोमा त्यसलाई घटाएर ६ जना कायम गर्न लागेको हो । त्यस्तै बैंकको व्यवसायिक विशेषज्ञको ठाउँमा स्वतन्त्र सञ्चालक सदस्य मनोनित हुनेगरी बैंकको नियमावली संसोधन गर्न लागेको हो ।

विशेष साधारणसभाका लागि एसबिआई बैंकले साउन ३१ गते सेयरधनी किताब बन्द गर्ने भएको छ जसअनुसार साउन ३० गतेसम्म सेयर खरिद गरेका सेयरधनी सभामा सहभागि हुन पाउनेछन् ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०६:५५