२ दशमलव ४९ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ दशमलव ४९ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ १८ साउन । बुधबार नेप्से २ दशमलव ४९ अंकले उकालो लागेको छ । बुधबार कारोबारमा आएका १५७ कमपनीको २१ लाख ६४ हजार ८ सय ४१ कित्ता सेयर बाट १ अर्ब ३ करोड ९० लाख ४ हजार ३ सय ५९ रुपैयाको कारोबार भएको छ। बुधबार जलविधुत इन्स्योरेन्स,उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।
बुधबार सबै भन्दा धेरै फाइनान्स समुहले कमाएको छ। बुधबार फाइनान्स समुह ३१ दशमलव ७७ अंकले उकालो लागेको छ । बुधबार हेटल समुह १४ दशमलव ०३ अंकले, विकास बैँक १२ दशमलव ०५ अंकले र बैँक समुह १ दशमलव ५६ अंकले उकालो लागेको छ।
बुधबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ । बुधबार इन्स्योरेन्स समुह ४९ दशमलव ५२ अंकल ओरालो लागेको छ । बुधबार उतपादनमुलक समुह ३ दशमलव ३७ अंकले, जलविधुत समुह २ दशमलव ६३ अंकले र अन्य समुह ० दशमलव ५८ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०९:३७