३ दशमलव २५ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३ दशमलव २५ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ १५ साउन । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ३ दशमलव २५ अंकले ओरालो लागेर बन्द भएको छ । आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन । आइतबार कारोबारमा आएका १५२ कमपनीको १७ लाख ७१ हजार ४ सय ८ कित्ता सेयरबाट ९६ करोड ८६ लाख ३१ हजार ९ सय ७१ रुपैयाको कारोबार भएको छ।
आइतबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। आइतबार इन्स्योरेन्स समुह ८१ दशमलव ८८ अंकले ओरालो लागेको छ। आइतबार जलविधुत समुह ५ दशमलव ९ अंकले,बैँक समुह ४ दशमलव ४३ अंकले, फाइनान्स समुह ० दशमलव ८१ अंकले र अन्य समुह ० दशमलव २९ अंकले ओरालो लागेको छ ।
आइतबार होटल समुहले सबै भन्दा धेरै कमाएको छ। आज होटल समुह ४७ दशमलव ६१ अंकले उकालो लागेको छ । आज उतपादनमुलक समुह ३१ दशमलव ५३ अंकले र विकास बैँक १० दशमलव ३ अंकले उकालो लागेको छ।

प्रकाशित : १५ श्रावण २०७४, आईतवार ०९:३२