बेलायतमा महिला र पुरुषको तलब बराबर ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बेलायतमा महिला र पुरुषको तलब बराबर !



बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायतका ठूला कम्पनीमा महिला र पुरुषबीचको तलबमा देखिएको भेदभाव अन्त्य गरिने बताएका छन्। अब महिला र पुरुषबीच तलबमा देखिएको त्यस्तो अन्तर जानकारी दिनुपर्ने छ।

महिला र पुरुषबीच भेदभाव भएको भन्दै यस्तो कदम उठाइएको प्रधानमन्त्री क्यामरुनले जानकारी दिएका छन्। महिला र पुरुषबीचको भेदभाव बेलायतमा सबैभन्दा खराब रहेको छ।

युरोपेली युनियनअन्तर्गतका मुलुकहरूमा महिला र पुरुषबीच फरक हुने देशमा बेलायत पाँचौं मुलुक हो। सन् २०१३ मा यो २९.७ प्रतिशत रहेको थियो।

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले महिला र पुरुषबीचको तलबमा देखिएको भेद अन्त्य गर्न चाहन्छन्। यसका लागि उनी दबाव दिन तयार देखिन्छन् ।

क्यामरुनले भने, ‘मैले एउटा महत्वपूर्ण कदमको घोषणा गर्दै छु।’ दुई सय ५० भन्दा बढी कर्मचारी रहेका प्रत्येक कम्पनीले महिला र पुरुषको तलबबारेमा जानकारी दिनुपर्ने छ।’

बेलायती सेनामा ४० प्रतिशतभन्दा बढी महिलामाथि यौन उत्पीडन
लन्डन: बेलायती सेनामा कार्यरत ४० प्रतिशतभन्दा बढी महिला यौन उत्पीडनको सिकार हुने गरेका छन् । बेलायती सेनाद्वारा हालै गरिएको एक सर्वेक्षणमा उक्त खुलासा गरिएको हो।

उक्त सर्वेक्षणपछि बेलायत सरकारले आफ्ना सेनाका लागि नयाँ आचारसंहिता लागू गर्ने बताइएको छ। त्यस सर्वेक्षणका क्रममा बेलायती महिला सैनिकले आफूमाथि यौन उत्पीडन भए पनि उजुरी गर्न नसकेको जानकारी दिएका छन्। जागिरको डरले यस्ता कुरा सहन बाध्य भएको पनि उनीहरूले स्पष्ट पारेका छन्।

आधाभन्दा कम अर्थात् ४४ प्रतिशत महिला सैनिकले बेलायती सेनाभित्र यौन उत्पीडन रहेको स्वीकार गरेका छन्। सात हजार महिला सैनिकमाथि उक्त सर्वेक्षण गरिएको थियो । यौन उत्पीडन भोगेकामध्ये १३ प्रतिशतले मात्र अति भएपछि सहकर्मीलाई बताउने गरेको जानकारी दिए।

तीन प्रतिशतले भने उजुरी गर्ने गरेको बताए। सेना प्रमुख जनरल सर निक कार्टरले बेलायती महिला सैनिकमाथि यौन उत्पीडन हुनु नराम्रो भएको बताए। उनले भने, ‘हाम्रा महिला सैनिकमाथि हुने उत्पीडन अस्वीकार्य छ।’

सेना प्रमुख कार्टरले ४० प्रतिशत महिला सैनिकमाथि भएको दुर्व्यवहार निराशाजनक भएको बताए। उनले यसबाट बेलायती सेना आधुनिक एवं समावेशी बनाउन अप्ठेरो हुने स्पष्ट पारेका छन्। सेनामा देखिएको उत्पीडन हटाउन सेप्टेम्बरदेखि नयाँ आचारसंहिता लागू हुने कार्टरले जानकारी दिए।

एजेन्सी

प्रकाशित : ३१ असार २०७२, बिहीबार ०२:३३