काठमाडौं,४ साउन । जेविल्स फाइनान्स लिमिटेडले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले पूँजी वृद्धिका लागि शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २८ करोड ८९ लाख ५६ हजार २५० रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५ सय ६२ दशमलव ५० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटललाई यसअघिनै नियुक्त गरिसकेको छ ।
Comment