काठमाडौँ ४ साउन । बुधबार नेप्से १ दशमलव १४ अंकले ओरालो लागेर बन्द भएको छ। बुधबार कारोबारमा आएका होटल र इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । बुधबार कारोबारमा आएका १५५ कम्पनीको १६ लाख ८४ हजार ४१ कित्ता सेयरबाट १ अर्ब १७ करोड ६१ लाख ८ हजार १ सय ३८ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ५१ दशमलव ९६ अंकले उकालो लागेको छ भने होटल समुह १० दशमलव ३४ अंकले उकालो लगेको छ ।
बुधबार सबै भन्दा धेरै फाईनान्स समुहले गुमाएको छ । बुधबार फाईनान्स समुह ७ दशमलव ०९ अंकले ओरालो लागेको छ । बुधबार विकास बैँक समुह ४ दशमलव ७१ अंकले, जलविधुत समुह ३ दशमलव १९ अंकले, बैक समुह २ दशमलव ७७ अंकले, उतपादनमुलक समुह २ दशमलव ६४ अंकले, र अन्य समुह ० दशमलव ५८ अंकले ओरालो लागेको छ ।
४ श्रावण २०७४, बुधबार ०९:३५
Comment