हिमालयन पावर पार्टनरको शेयर बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन पावर पार्टनरको शेयर बाँडफाँड



काठमाडौं, ४ साउन । हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण शेयर  बुधबार बाँडफाँड भएको छ।
धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार, सबै लगानीकर्ताले १० कित्ता शेयर पाउने गरि बाँडफाँड भएको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले जानकारी दिए। हिमालयन पावर पार्टनरले सर्वसाधारणकालागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो । निष्कासन भएको शेयरमा एक लाख ६५  हजार एक जानाले आवेदन दिएका थिए ।  आवेदन दिएका मध्ये १२ सय ६४ आवेदक रद्ध भएको छ ।बाँकी एक लाख ६३ हजार सात सय ३७ जना सबैले १० कित्ता शेयर पाएका छन् ।सबै आवेदकले १६ लाख ३७ हजार १० कित्ता शेयर पाएका हुन् ।
बाँकी रहेका तीन लाख ३४ हजार तीन सय पाँच कित्ता शेयर बाँड्न पुन गोला प्रथा गरियो । त्यसमा पनि सबै आवेदकलाई समावेश गरियो ।गोलाप्रथामा समावेश भएका मध्ये ३४ हजार चार सय तीस जनाले पुन १० कित्ता थप शेयर पाएका छन् ।बाँकी रहेको पाँच कित्ता बाँडफाँड गर्न पुन तेस्रो पटक गोला प्रथा गरियो । जसमा दोस्रो पल्ट गोला प्रथामा समावेश भएका ३४ हजार चार सय ३० जनालाई समावेश गरिएन । तेस्रो पल्टको गोलाप्रथामा एक लाख २९ हजार तीन सय सात जना मध्ये पाँच जनालाई एक / एक कित्ता शेयर बाँडफाँड गरिएको छ ।२० कित्ता शेयर भन्दा बढी कसैले पनि पाएन । पाउनेले १० कित्ता, ११ कित्ता र २० कित्ता सम्म शेयर पाएका छन् ।कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो।

प्रकाशित : ४ श्रावण २०७४, बुधबार ०८:०१