३४ दशमलव २६ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३४ दशमलव २६ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ ३ साउन । मंगलबार नेप्सेमा हरियाली छाएको छ। मंगलबार नेप्स ३४ दशमलव २६ अंकले उकालो लागेर बन्द भएको छ। मंगलबार कारोबारमा आएका सबै समुहले कमाएका छन् । मंगलबार कारोबारमा आएका १५५ कमपनीको १९ लाख ३५ हजार ५ सय ९० कित्ता सेयरबाट १ अर्ब २१ करोड १७ लाख ८८ हजार ५ सय ७९ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ४ सय १६ दशमलव ६३ अंकले उकाले लागेको छ । मंगलबार होटल समुह ६१ दशमलव ५२ अंकले, जलविधुत समुह ३८ दशमलव ९९ अंकले, बैक समुह २७ दशमलव २५ अंकले, विकास बैँक समुह २५ दशमलव २ अंकले, उतपादनमुलक समुह २० दशमलव ७२ अंकले, फाईनान्स समुह ५ दशमलव ९५ अंकले र अन्य समुह ० दशमलव ५८ अंकले उकालो लागेको छ ।

प्रकाशित : ३ श्रावण २०७४, मंगलवार ०९:३०