संशोधित मर्चेन्ट बैङ्कर नियमावली अाजबाट लागु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

संशोधित मर्चेन्ट बैङ्कर नियमावली अाजबाट लागु



काठमाडाै ३ साउन । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली यहि साउन ३ गते देखो लागु भएको छ । साविकको धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ मा संशोधन गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ लाई नेपाल सरकार, अर्थ मन्त्रालयले मिति २०७४।०४।०१ मा स्वीकृति प्रदान गरेकोमा बोर्डले मिति २०७४।०४।०३ गतेदेखि उक्त नियमावली लागू गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

नियमावलीमा मर्चेन्ट बैंकरको कार्य क्षेत्रमा संस्थागत परामर्शदाताको कार्य थप गरी कार्य क्षेत्र बढाउनुका साथै मर्चेन्ट बैंकरको हालको चुक्तापूँजी तीन गुणा भन्दा बढीले बृद्धि गरिएको छ ।

बजारको विकास तथा वढ्दो जिम्मेवारी अनुरुप मर्चेन्ट वैंकरको वित्तीय अवस्था सुदृढ गर्न चुक्तापूँजी बृद्धि गरी निष्काशन तथा बिक्रीप्रबन्धकको न्यूनतम चुुक्तापूँजी रु ३ करोड रहेकोमा रु. ५ करोड, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) को रु ४ करोड रहेकोमा रु. ७ करोड, शेयर रजिष्ट्रारको रु १ करोड रहेकोमा रु. ३ करोड, लगानी व्यवस्थापकको रु १ करोड रहेकोमा रु. ५ करोड र संस्थागत परामर्शदाताको रु. ३ करोड हुने व्यवस्था गरिएको छ ।

त्यस्तै नयाँ ब्यबस्थामा धितोपत्र व्यवसाय माहुन सक्ने conflict of interest लाई न्यूनिकरण गरी सुशासन कायम गर्न कुनै एक मर्चेण्ट बैंकरमा स्वामित्व वा कुनै लाभको पद ग्रहण गरेको व्यक्तीले अन्य धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पद ग्रहण गर्न नपाईने भएको छ ।

यसैगरी निष्काशन तथा विक्री प्रबन्ध सेवामा हुन सक्ने अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साहित गर्न निष्कााशन तथा विक्री प्रबन्धक सेवाको लागि रु १ लाखभन्दा कम सेवा शुल्क लिन नपाईने व्यवस्था पनि नयाँ नियमावलीले गरेको छ ।

 

प्रकाशित : ३ श्रावण २०७४, मंगलवार ०६:०४