मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडाैँ ३ साउन । मुक्तिनाथ विकास बैंकले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निश्चित भएको छ । बैंकलाई हकप्रद निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ३४ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५सय  ४ रुपैयाँको ६१ लाख ७० हजार ८ सय ६५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा ३५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४३ दशमलव ०२ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा २४ करोड ८२ लाख रुपैयाँ कमाएको थियो ।

प्रकाशित : ३ श्रावण २०७४, मंगलवार ०६:१६