२० दशमलव ५८ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२० दशमलव ५८ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ २ साउन । सोमबार नेप्स २० दशमलव ५८ अंकले उकालो लागेर बन्द भएको छ। सोमबार कारोबारमा आएका सबै समुहले कमाएका छन् । सोमबार कारोबारमा आएका १५४ कमपनीको २० लाख ८ सय ६८ कित्ता सेयरबाट ६८ करोड ३९ लाख ५३ हजार १ सय ४३ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ९५ दशमलव ३५ अंकले उकाले लागेको छ । सोमबार विकास बैँक समुह २९ दशमलव ५७ अंकले, उतपादनमुलक समुह २७ दशमलव ०४ अंकले, होटल समुह २६ दशमलव ३९ अंकले , बैँक समुह २१ दशमलव ८३ अंकले, जलविधुत समुह ९ दशमलव १८ अंकले, फाईनान्स समुह ५ दशमलव २३ अंकले र अन्य समुह १ दशमलव १६ अंकले उकालो लागेको छ ।

प्रकाशित : २ श्रावण २०७४, सोमबार ०९:३०