सेयर कारोबार बन्द गर्नु समाधान होइनः संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

सेयर कारोबार बन्द गर्नु समाधान होइनः संघ



काठमाडाै ३१ असार । लगानीकर्ता संघले पुंजीबजारमा भ्याट लगाउने निर्णयको समाधान बन्द हड्ताल नभएको बताएको छ। संघले पुंजीबजार वित्तीय सेवा भएको र भ्याट लगाउने नहुनेमा आफ्नो स्पष्ट धारणा भएको उल्लेख गर्दै सेयर कारोबारनै प्रभावित हुने गरि गरिने बन्द हड्तालले समाधान नहुने जानकारी गराएको छ।

‘नियमन निकाय नेपाल धितोपत्र बोर्डका अनुसार नेपालको एक मात्र पुंजीबजारमा बार्षिक २ खर्बको सेयर कारोबार हुने गरेको छ। यो रकम कुल बजेटको करिब १७ प्रतिशत हुन आउछ।’ संघद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

बामे सर्दै गरेको पुंजीबजारमा बिभिन्न निकायले निरुत्साहित हुनेगरि निर्णय गरेको र भ्याट त्यसैको निरन्तरता भएको संघको भनाई छ। आफुहरुले पुंजीबजार भ्याट लगाउन नहुनेकुरामा विभिन्न सरोकारवालाहरुसंग छलफल गर्दै आएको जानकारी गराउदै संघले बन्द हड्ताल समस्याको समाधान नभएको स्पष्ट पारेको छ।

 

प्रकाशित : 15 July, 2017 4:56 am