सप्तकोशी डेभलपमेन्ट बैंकको १३०% हकप्रद खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सप्तकोशी डेभलपमेन्ट बैंकको १३०% हकप्रद खुल्यो



काठमाडौं, ३० असार । सप्तकोशी डेभलपमेन्ट बैंकको आज देखि १३०% हकप्रद सेयर बिक्री खुला भएको छ । सप्तकोशीले १ः१.३ को अनुपातमा (प्रत्येक १ कित्ता सेयर बराबर थप १.३ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको २७ लाख ४३ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद सेयर भदौ १ गतेसम्म भर्न पाइनेछ । यसमा असार १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सप्तकोशीको मुख्य कार्यालय विराटनगर तथा यसका अधिकांश शाखा कार्यालय र एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, एनएमबि बैंकको देशभरीका अधिकांश शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ ।
सप्तकोशीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : ३० असार २०७४, शुक्रबार ०७:५७