काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो।
मंसिर ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ। साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।







प्रतिक्रिया