२ दिने फोटो प्रदर्शनी शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

२ दिने फोटो प्रदर्शनी शुरु



काठमाडौं, २९ असार । फोटोपत्रकार क्लबको आयोजनामा पत्रकारिता र शुरक्षा बिषयमा २ दिने फोटोप्रदर्शनी शुक्रबारबाट सुरु हुने भएको छ । राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा हुने फोटोप्रदर्शनीको उद्घाटन सभाामुख ओनसरी घर्ती मगरले गर्ने फोटोपत्रकार क्लबले जनाएको छ । पत्रकार तथा फोटोपत्रकारहरुले आफू जोखिममा परेर गरेका कार्यहरुका तस्बिर प्रदर्शनीमा राखिने क्लबले जनाएको छ ।

फोटोपत्रकार, पत्रकार, सर्वसाधारण, मिडिया सँचालक लगायत नीतिनिर्माण तहमा बस्नेहरुलाई नेपालका फोटोपत्रकार र पत्रकारको शुरक्षास्थिती बारे जानकारी गराउनु फोटोप्रदर्शनीको मुख्य उद्येस्य रहेको क्लबले जनाएको छ । ब्याबसायिक फोटोपत्रकारीताको जोखिमपूर्ण अबस्था बारे बुझ्दै यसको अबस्थालाई सुधार गर्दै लैजानु पनि यो प्रदर्शनीको उद्येस्य रहेको छ ।

इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा हुने यो फोटो प्रदर्शनीमा ४५ वटा फोटोहरु समाबेश गरिएको छ । शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने यो फोटोप्रदर्शनीमा पत्रकार तथा फोटोपत्रकारहरु कस्तो किसिमका चुनौतीको सामना गरेर कार्यक्षेत्रमा खटिएका हुन्छन भन्ने सबैले बुझ्ने बिश्वास फोटोपत्रकार क्लबले लिएको छ । फोटो प्रदर्शनीप्रदर्शनीमा प्रबेश निशुल्क रहेकोले सर्बसाधारणलाई फोटो अबलोकन गर्न फोटोपत्रकार क्लब आब्हन गर्दछ ।

 

प्रकाशित : २९ असार २०७४, बिहीबार १०:५७