४ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ २९ असार । कारोबार को अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ । । आज नेप्से ४ दशमलव ८९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएका अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन ।बिहिबार कारोबारमा आएका १५० कमपनीको २० लाख ४० हजार ७ सय २८ कित्ता सेयरबाट ७४ करोड ६४ लाख ७७ हजार १ रुपैयाको कारोबार भएको छ।
बिहिबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ । बिहिबार इन्स्योरेन्स समुह ५३ दशमलव ६७ अंकले ओरालो लागेको छ। बिहिबार उतपादनमुलक समुह ३४ दशमलव ४१ अंकले,होटल समुह ३४ दशमलव ३२ अंकले,फाइनान्स समुह ७ दशमलव ०१ अंकले, जलविधुत समुह ६ दशमलव ४२ अंकले, विकास बैक समुह ५ दशमलव ९७ अंकले र बैँक समुह ४ दशमलव ७३ अंकले ओरालो लागेको छ।
बिहिबार अन्य समुह भने उकालो लागेको छ । बिहिबार अन्य समुह ११ दशमलव ८६ अंकले उकालो लागेको हो ।

प्रकाशित : २९ असार २०७४, बिहीबार ०९:३६