सहयोगी विकास बैंकको सेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहयोगी विकास बैंकको सेयर लिलामीमा



काठमाडौं  २९ असार ।सहयोगी विकास बैंक लिमिटेडकाे  सर्वसाधारण समूहको १६ हजार ३८६ कित्ता सेयर आज देखि लिलामीमा बिक्री खुला भएको छ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकेर निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने साउन ५ गतेसम्म तोकिएको छ । यसअघि सहयोगीले जेठ १ देखि असार ४ गतेसम्म ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो । लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र साउन ६ गते सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंमा खोलिनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्दैछ ।

प्रकाशित : २९ असार २०७४, बिहीबार ०७:०६