मुख्य सचिव पदमा राजेन्द्र किशोर क्षेत्री नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुख्य सचिव पदमा राजेन्द्र किशोर क्षेत्री नियुक्त



काठमाडौं  २९ असार । सरकारले मुख्य सचिव पदमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

क्षेत्रीले यसअघि शहरी विकास तथा गरिवी निवारण मन्त्रालय, उर्जा मन्त्रालय, उपराष्ट्रिपतिको कार्यालय लगायत निकायमा सचिवको जिम्मेवारी विर्वाह गरिसेका छन् ।

मुख्यसचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंक (एडीबी)को जागिर खान फिलिपिन्सको मनिला जाने भएपछि क्षेत्री मुख्य सचिवमा नियुक्त भएको हुन् ।

एडिवीको उपकार्यकारी निर्देशकमा मनोनयन भइसकेका सुबेदी वुधवार त्यसतर्फ गएका छन् । उनी आगामी साउन १ गतेदेखि उनी एडिविमा हाजिर हुनेछन्।

प्रकाशित : २९ असार २०७४, बिहीबार ०५:४७