इन्भेष्टर्स फोरमले साउन १ देखि सेयर कारोबार नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्भेष्टर्स फोरमले साउन १ देखि सेयर कारोबार नगर्ने



काठमाडाै २८ असार । नेपाल इन्भेष्टर्स फोरमले शेयर बजारलाई भ्याट मुक्त बनाउन साउन १ देखि सेयर कारोबार नगर्ने अभियान चलाउने भएको छ। शेयर कारोबार वित्तीय सेवा भएको स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै पनि सरकारले एकपक्षीय रुपमा भ्याट लगाउने गरेको निर्णयको बिरोध गर्दै फोरमले सेयर खरिद बिक्रि नै नगरी पुँजी बजारलाई भ्याट मुक्त बनाउने अभियान सुरु गर्न लागेको फोरमका अध्यक्ष डा. अात्माराम घिमिरेले अर्थबजार डटकमलाई जानकारी दिए ।  हामी बजार बन्द गर्ने पक्षमा छैनाै , घिमिरेले भने- भ्याट मूक्त बनाउन हाम्रो यो दबाब मुलक कार्यक्रम मात्रै हो ।

पुंजीबजारलाई भ्याट मुक्त बनाउने आफ्नो अभियानमा साथ दिन सेयर बजारका सरोकारवाला (मर्चेन्ट बैंकर, इन्भेस्टमेन्ट कम्पनी, म्युचुअल फन्ड र उद्यमीव्यवसायी) पक्षहरुसंग आग्रह गरेको अध्यक्ष घिमिरेले जनाकारी दिए ।

फोरमले नियमन निकाय नेपाल धितोपत्र बोर्ड र बजार संचालक नेपाल स्टक एक्सचेन्जसँग पुंजीबजारलाई भ्याट मुक्त बनाउन आवश्यक पहल गर्न आग्रह गरेको हो ।

फोरमले मूल्य अभिबृद्धि कर निर्देशिका २०६९ को पहिलो संशोधन बुँदा ४।१७ को व्यवस्था उल्लेख गर्दै पुंजी बजारमा भ्याट लगाउने नमिल्ने दाबि गरेको छ। फोरमले कुनै कम्पनीले पोर्टफोलियो, सेयर व्यवस्थापन जस्ता सेवा प्रदान गर्ने गर्छ भने त्यस्ता कम्पनीबाट भ्याट असुल गर्दा त्यसमा आफ्नो सहमति हुने स्पष्ट गरेको छ।

प्रकाशित : २८ असार २०७४, बुधबार ११:४१