हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद खुल्यो



 काठमाडौं, २८ असार ।हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १६६.६७ प्रतिशत हकप्रद खुला गरेको छ । कम्पनीको एक सय रुपैयाँ दरको ६४ लाख २० हजार कित्ता हकप्रदमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन गर्न सक्नेछन् ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा एनएमबि क्यापिटल नागपोखरी र एनएमबि बैंकको शाखाहरु सूर्यबिनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीन दोबाटो बनेपा, ट्राफिक चोक बुटवलबाट आवेदन गर्न सक्नेछन् ।

त्यस्तै, एनएमबि बैंकको अन्य शाखाहरु महेन्द्रपथ धरान, रंगेली रोड विराटनगर,सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, नारायणगढ चितवन, भानुचोक जनकपुर र बिर्तामोड झापाबाट समेत हकप्रदमा आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । साउन ३१ गतेसम्म हकप्रद निष्काशन खुल्ला हुनेछ ।

हाल ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनको हकप्रद सेयर विक्रीपश्चात बीमा समितिले तोकेको सीमा भन्दा बढि एक अर्ब दुई करोड रुपैयाँ नाघ्नेछ ।

प्रकाशित : २८ असार २०७४, बुधबार ०८:५७