काठमाडौं। रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले आयोजना गरेको ‘मिस्टिक मुस्ताङ राइड २’ सफलतापूर्वक सम्पन्न भएको छ । यही कार्तिक १२ देखि १५ गतेसम्म सञ्चालन भएको चारदिने उक्त राइडमा ४० जना महिला राइडरहरूको सहभागिता रहेको थियो ।
पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको यो साहसिक यात्रा मुस्ताङ पुगेर टुगिंएको थियो । यात्राका क्रममा सहभागीहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र लामो दूरीको मोटरसाइकल यात्राको रोमाञ्चक अनुभव बटुलेका छन् ।
महिला राइडरहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने, लामो दूरीको यात्रामा प्रोत्साहन गर्ने र राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । यसले सहभागीहरूबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सामुदायिक भावनालाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ ।
रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइकलिङ’ को अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण र साहसिक पर्यटनको प्रवद्र्धन गर्दै आएको छ ।
अल्फा अटोमोटिभले नेपालमा सुरक्षित एवम् जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्न र महिला राइडरहरूलाई सशक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताएको छ ।





Comment