काठमाडाै २६ असार ।हिमालयन बैंक लिमिटेडले एकभन्दा बढी खाता भएकाहरुलाई तत्काल बन्द गरी एउटा मात्र खाता कायम राख्न सूचना जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार बैंकले बचत, चल्ती वा कल खाता भएका सेवाग्राहीले यी खातामध्ये अबदेखि एउटा मात्र सञ्चालन गर्न पाउनेछन् । तर मुद्दति खाता भएकाहरुको हकमा भने यो नियम लागू हुनेछैन । बचत र मुद्दति खाता छ भने दुवै चलाउन पाइनेछ । यता, बैैकले खातावालालाई आफ्नो खाता रहेको शाखामा गई केवाइसी फारममा आफ्नो सम्पूर्ण विवरण अद्यावधिक गराउन आग्रह गरेको छ ।
तर ग्राहक पहिचान विवरण अद्यावधिक (केवाइसी अपडेट) नगरेको खण्डमा भने सेवाग्राहीहरुको खाता सञ्चालनमा रोक लगाउन सकिने बैंकले जनाएको छ । राष्ट्र बैंकको निर्देशन पालना गराउनेक्रममा बैंकले यस्तो सूचना जारी गरेको हो ।
Comment