काठमाडौं २६ असार।सांग्रिला डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकले एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ ।
सांग्रिला र कसमसको साधारण सभाले जेठ १९ गते प्राप्ती प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारसँग बैंकको केन्द्रीय कार्यालय सांग्रिला बैंकको केन्द्रीय कार्यालय बालुवाटार हुनेछ ।
एकीकृत कारोबारको प्रक्रिया बढाउनका लागि कसमसको शाखा असार २९ गते बन्द हुने बैंकले जनाएको छ ।
Comment