विद्युतीय सवारी किन्नेका लागि ८० प्रतिशतसम्म अटो ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विद्युतीय सवारी किन्नेका लागि ८० प्रतिशतसम्म अटो ऋण



काठमाडौं २५ असार। विद्युतीय सवारी किन्नेका लागि बैंकहरुले ८० प्रतिशतसम्म अटो ऋण प्रवाह गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौदि्रक नीतिले विद्युतीय सवारीका लागि बैंकरुहले गाडीको मूल्यको ८० प्रतिशतसम्म रकम ऋणका रुपमा प्रवाह गर्न सक्ने ब्यवस्था गरेको छ ।

यसअघि विद्युतीय सवारीमा यस्तो विशेष ब्यवस्था गर्ने प्रचलन थिएन । अब भने विद्युतीय सवारी किन्नेले बैंकहरुबाट २० प्रशितशत डाउनपेमेन्ट गरेपछि सवारी किन्न सक्नेछन् । अर्थात अब १ करोडको विद्युतीय सवारी किन्नेले २० लाख रुपैयाँ नगद भुक्तानी गर्दा गाडी चढ्न पाउनेछन् ।

विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न राष्ट्र बैंकले यस्तो ब्यवस्था गरेको हो । राष्ट्र बैंकले अन्य सवारीका लागि भने मूल्यको ६५ प्रतिशतसम्म अटो लोन दिन सक्ने नयाँ ब्यवस्था गरेको छ । यसअघि अटो लोनको सीमा गाडीको मूल्यको ५० प्रतिशत थियो ।

प्रकाशित : २५ असार २०७४, आईतवार ०८:४८