दिगो तथा वातावरणमैत्री घर निर्माणका लागि नबिल बैंकको ‘सस्टेनेबल हाउजिङ लोन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दिगो तथा वातावरणमैत्री घर निर्माणका लागि नबिल बैंकको ‘सस्टेनेबल हाउजिङ लोन’




काठमाडौं । नबिल बैंकले दिगो तथा वातावरणमैत्री घर निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नबिल सस्टेनेबल हाउजिङ लोन’ योजना ल्याएको छ।


बैंकका अनुसार यस कर्जामा वार्षिक ५.४९ प्रतिशत ब्याजदरदेखि लागू हुने व्यवस्था छ। यस्तै, कर्जा सीमाको ०.५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ।


वातावरणमैत्री तथा दिगो आवास निर्माण गर्न चाहने ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले यो कर्जा योजना ल्याइएको हो। बैंकले दिगो निर्माण, ऊर्जा दक्षता तथा वातावरणमैत्री आवासको अवधारणालाई प्रवर्द्धन गर्न यस्तो कर्जा सुविधालाई प्राथमिकतामा राखेको जनाएको छ।


नबिल सस्टेनेबल हाउजिङ लोनसम्बन्धी थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्रमा ०१–५९७००१५ मा सम्पर्क गर्न सकिनेछ। साथै, [email protected] मार्फत पनि जानकारी लिन सकिने बैंकले जनाएको छ।

प्रकाशित : 6 October, 2026 12:43 pm