रिलायबल माईक्रोफाइनान्सको हकप्रद भोलिदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिलायबल माईक्रोफाइनान्सको हकप्रद भोलिदेखि



काठमाडौं, २४ असार  । रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Reliable Microfinance Bittiya Sanstha Ltd.) ले २ बराबर १ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर असार २५ गतेबाट निष्काशन गर्ने भएको छ । बैंकले दुई लाख ८२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

संस्थाले एक सय रुपैयाँ अंकित साधारणदरले दुई कित्ता शेयर हुनेका लागि नयाँ एक शेयर दिने भएको छ । जसको लागि साउन २९ गते सम्म आवेदन दिनु पर्ने छ । उक्त हकप्रद शेयरमा असार १६ गतेसम्म कारोबार भैसकको शेयरधनिले मात्रै आवेदन दिन सक्ने छन् ।

यो संस्था (RMFL) ले ५ करोड ६५ लाख को चुक्ता पुँजीमा २ करोड ८२ लाख ५० हजार रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्काशन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ८ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।

यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स रहेको छ ।

कहाँबाट दिने आवेदन ?
हकप्रदको आवेदन सिभिल क्यापिटल मार्केट सुन्धारा, रिलायवल डेभलपमेन्ट बैंक ज्ञानेश्वर र यो माइक्रोफाइनान्सको सबै कार्यालयबाट दिन सकिने छ ।

प्रकाशित : २४ असार २०७४, शनिबार ०८:३४