ग्लोबल आइएमई र रिलायबलको आइतबारदेखि एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई र रिलायबलको आइतबारदेखि एकीकृत कारोबार



काठमाडाैँ २३ असार ।   ग्लाेबल अाइएमई बैँक र  रिलायबल डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आइतबार देखि सुरु हुने भएको छ । ग्लोबलले रिलायबललाई एक्वायर गरेको हो । एक्विजिसनपछि ग्लोबल आइएमई बैंकको नामबाट कारोबार हुनेछ । दुवै बैंकको असार ९ मा सम्पन्न विशेष साधारण सभाले ग्लोबलले रिलायबललाई एक्वायर गर्ने प्रस्ताव पारित गरेपछि एकीकृत कारोबारको लागि राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कायालयले अनुमति दिएपछि बैंकले आइतबार एकीकृत कारोबार गर्ने मिति तोकेको हो । राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन दिएको समयसिमा नजिकिंदै गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा मर्ज र एक्विजिसनको क्रम थप बढेको छ । अब रिलायबलका लगानीकर्ताले १०० कित्ता बराबर ग्लोबलको ८२.९० कित्ता सेयर पाउनेछन् ।
अब वाणिज्य बैंकहरुले न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्नेछ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ग्लोबलको चुक्ता पुँजी ७ अर्ब २४ करोड २६ लाख ६१ हजार रुपैयाँ र रिलायबलको १ अर्ब १ करोड ४ लाख ७१ हजार रुपैयाँ छ । तेस्रो त्रैमासमा ग्लोबलले १ अर्ब ४७ करोड ६० लाख ७९ हजार र रिलायबलले ११ करोड २७ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । ग्लोबलको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७४ पैसा छ । त्यस्तै, रिलायबलको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९० पैसा छ ।

 

प्रकाशित : २३ असार २०७४, शुक्रबार ०८:३९