हिमालयन बैंकका ग्राहकलाई अन्तरबैंक रकम स्थानान्तरणमा थप सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

हिमालयन बैंकका ग्राहकलाई अन्तरबैंक रकम स्थानान्तरणमा थप सुविधा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बिच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकमान्तर) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे नेटवर्कमा आबद्ध भई स्मार्टपे आईबीएफटीमार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ।

यस सेवाले बैंकका ग्राहकहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका अन्य खाताबिच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम आदानप्रदान गर्न थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

एससीटीद्वारा विकास तथा सञ्चालन गरिएको स्मार्टपे आईबीएफटी रकम स्थानान्तरणसम्बन्धी सेवा हो, जसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट तथा रेमिट्यान्स कम्पनीहरूबिच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ। यस सेवाले विभिन्न क्षेत्रबिच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँचको अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ।

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार २१:२३ 25 September, 2026 9:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।