सानिमा मिडिल तमोर हाइड्रोपावरले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

सानिमा मिडिल तमोर हाइड्रोपावरले नगद लाभांश दिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३० गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसअनुसार असोज १६ गतेसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्। प्रस्तावित लाभांश भने वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ।

प्रकाशित : ८ आश्विन २०८३, बिहिबार १४:२१ 24 September, 2026 2:21 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।