भोटेकोशी–त्रिशूली बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थ राजनीति

भोटेकोशी–त्रिशूली बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढीमा बेपत्ता नागरिकले प्राप्त गर्नुपर्ने रकमदेखि आर्थिक कारोबारसम्म सबै रोक्का रहेको बताए।

उनले बेपत्ता नागरिकका परिवारले पटक–पटक उनीहरूलाई मृतकसरह कानुनी हैसियत प्रदान गर्न माग गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकहरूले प्राप्त गर्नुपर्ने रकमदेखि आर्थिक कारोबारसम्म सबै रोक्का छ। त्यसैले बेपत्ता नागरिकहरूलाई मृतकसरह कानुनी हैसियत प्राप्त होस् भन्ने पीडितहरूको पटक–पटकको माग छ। त्यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित : ७ आश्विन २०८३, बुधबार १२:१० 23 September, 2026 12:10 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।