पुष्पलाल इन्भेष्टमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

पुष्पलाल इन्भेष्टमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीको जारी गरिने १ सय रुपैयाँ अंकित दरका १५,००,००० कित्ताले हुन आउने रु.१५,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गरे ।

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउन प्रतिबद्ध एक दूरदर्शी लगानी कम्पनी हो । यस कम्पनीले सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारा सहित विभिन्न क्षेत्रहरू जस्तै ऊर्जा, सूचना तथा प्रविधि, संचार, पर्यटन क्षेत्रसंग सम्बन्धित आयोजनाहरुमा रणनीतिक रूपमा केन्द्रित भई आफ्नो लगानी गर्दै आई रहेको छ ।

प्रकाशित : ६ आश्विन २०८३, मंगलबार १५:१३ 22 September, 2026 3:13 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।